दफा ६८९
त्रुटिपूर्ण उत्पादन नमानिनेः

कुनै व्यक्तिले उपभोग गरेको कुनै वस्तु वा सेवाको गुणस्तरभन्दा उच्च गुणस्तरको वस्तु वा सेवा बजारमा उपलब्ध भएको कारणले मात्र त्यस्तो वस्तु वा सेवालाई त्रुटिपूर्ण उत्पादन मानिने छैन ।